महँगो आक्रमणपंक्तिको युनाइटेडलाई पहिलो खेलमै झट्का

काठमाडौं । इङ्लिस प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा युनाइटड आर्सनलसँग १–० गोल अन्तरले पराजित भएको हो ।

युनाइटेडको महँगो आक्रमणपंक्तिलाई निस्तेज पार्दै आर्सनलले नयाँ सिजनको सुरुवात ३ अंकबाट गरेको छ । यस विपरित युनाइटेडको लामो समयम खराब लय भने कायमै रह्यो । आइतबार सम्पन्न खेलमा डिफेन्डर रिकार्डो कालाफियोरीले १३ औं मिनेटमा गरेको गोल आर्सनलाई ३ अंक दिलाउन प्रयाप्त भयो ।

यो जितसँगै आर्सनलले आफ्ना सम्भावित प्रतिद्वन्द्वी लिभरपुल र म्यानचेस्टर सिटीसँगै विजयी सुरुआत गरेको छ । युनाइटेडले यसपटक आक्रमणपंक्ति मजबुत बनाउन करिब २ अर्ब पाउन्ड खर्च गरेर ब्रायन म्बेउमो, म्याथेउस कुन्हा र बेन्जामिन सेस्कोजस्ता खेलाडी भित्र्याएको थियो । तर, खेलमा भने उनीहरुले प्रभाव पार्न सकेनन् ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार