
काठमाडौं । राष्ट्रियसभाको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा नेपालले थप दुईतर्फ हवाईमार्ग विस्तार गर्ने विषय महत्त्वका साथ उठाउने बताएका छन् ।
आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले नेपालले प्राप्त गर्नुपर्ने थप हवाईमार्गको विषयमा भारत सरकारसँग छलफल गरिने जानकारी दिए । पर्यटनमन्त्री पाण्डेले भने, ‘हामीले प्राप्त गर्नुपर्ने मार्गका विषयमा छलफल हुन्छ । अहिले केवल सिमराबाट मात्रै विमानहरू आवतजावत भइरहेका छन् । चीन जानेको हकमा तुम्लिङटारको मार्ग प्रयोग हुन्छ, त्यसैले हवाई मार्ग विस्तारको विषयलाई महत्त्वका साथ उठाउनेछौँ ।’
नेपालले पटक–पटक थप हवाईमार्ग विस्तार गर्नेबारे भारतीय पक्षसँग आग्रह गर्दै आएपनि सकारात्मक परिणाम हासिल हुन नसकेको पर्यटनमन्त्री पाण्डेले बताए । भैरहवा अन्तरराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालनका लागि सरकारले विभिन्न छुट र सहुलियत दिएको उनले उल्लेख गरे । उनका अनुसार मन्त्रिपरिषद्ले कार्ययोजना पास गरी दुवै विमानस्थललाई चलायमान बनाउने दिशा लिएको छ ।
भिसा सेन्टर, अध्यागमन कार्यालय स्थापना गर्ने, श्रम कार्यालय स्थापना गर्ने, क्वारेन्टाइन र स्वास्थय परीक्षणसम्बन्धी आवश्यक कार्यालय सुनिश्चित गर्ने, म्यानपावर कमपनीलाई आकर्षित गर्ने तथा सरकारले सहुलियतमा दुई वर्षसम्म फ्युल, टिकटको करमा छुटलगायत सुविधा दिएको मन्त्री पाण्डेले जानकारी दिए । श्रमका लागि विदेश जाने र नेपाल फर्किनेलाई भैरहवा वा पोखरा विमानस्थलबाट उड्ने र उत्रिने वातावरण मिलाइने उहाँले प्रतिबद्धता व्यक्त गरे ।
पर्यटनमन्त्री पाण्डेले भैरहवा विमानस्थललाई संसारभरिका बुद्ध धर्मालम्बीहरूको आकर्षणका रूपमा स्थापित गरिनुपर्नेमा जोड दिए । हिमाली तथा पहाडी जिल्लामा उडान गर्ने ट्वीनअटर जहाजको कमीका कारण नियमित हवाई सेवामा समस्या भइरहेको उनले बताए ।
मन्त्री पाण्डेले प्रदेशहरूसँगको समन्वय र सहकार्यमा प्रादेशिक उडानका लागि ट्वीनअटर विमानको सङ्ख्या थपेर सेवालाई प्रभावकारी बनाइने विश्वास व्यक्त गरे । उनले भने, ‘साना विमानको सङ्ख्या थपेर सरकारले सेवा प्रवाह गर्नेछ, त्यसमा निजी क्षेत्रलाई प्रोत्साहित गर्नेगरी नीति ल्याउनेछौँ ।’ सरकारले सुर्खेत विमानस्थललाई क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलका रूपमा स्तरोन्नत्ति गर्ने योजना रहेको उनले जानकारी दिए ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू