
काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले सुधार भएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको बजार आज पनि ४.८३ अंकले बढेर २७६६.०९ विन्दुमा पुगेको हो ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५१ अंकले बढेर ४७४.८९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ९ वटाको सेयर मूल्य बढेको छ भने ४ वटाको घटेको छ । आज सेयर बजारमा १४९ कम्पनीको सेयर मूल्य घटेको छ भने १०१ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै एउटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
परिसूचक बढे पनि कारोबार रकममा भने निरन्तर रुपमा गिरावट आइरहेको छ । आज सेयर बजारमा ४ अर्ब १८ करोड ५३ लाख १५५ हजार ७३४ रुपैयाँको सेयर खरिद बिक्री भएको छ । अघिल्लो दिन सेयर बजारमा ५ अर्ब ७५ करोड माथिको कारोबार भएको थियो । आज सेयर बजारमा ३२२ कम्पनीका ९२ लाख ४३ हजार २३२ कित्ता सेयर ४५ हजार ११६ पटक किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।
आज सेयर बजारमा एउटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । आज विकास हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।












समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै