
सिन्धुपाल्चोक । अलैंचीको पकेट क्षेत्रका रूपमा चिनिएको लिसङ्खुपाखर गाउँपालिका–४ का किसान अलैँचीमा रोग लागेपछि निराश भएका छन् । गाना कुहिने, पात डढ्ने र फल नलाग्दा अलैंँचीखेती सखाप भएको छ ।
विगतमा पर्याप्त आम्दानी भएपछि खेतबारी मासेर किसानले अलैँंचीखेती गरेका थिए । केही वर्षयता रोगले अलैँची उत्पादनमा कमी आएको छ । अलैँचीमा रोग लागेपछि कतिपय किसानले खेती गर्न छाडेका छन् । अर्लैँचीमा देखिएको रोग निदान गर्न सरकारले सहयोग गर्नुपर्ने उनीहरूको माग छ ।
पन्ध्र वर्षअघिदेखि अलैँची व्यवसाय गरेका शशिनाथ शाक्यले वार्षिक पाँच लाख आम्दानी गर्थे । तर उनको व्यवसाय अलैँचीमा सिन्धुरे र गानो कुहिने रोग लागेपछि सखाप भयो । अलैँचीको बेर्ना उत्पादन तथा अलैँची भट्टी राखेर बिक्री गरेर लाखौं आम्दानी गर्ने शाक्य अहिले न अलैँची बेर्ना उत्पादन गर्छन् न तयारी अलैँची बिक्री नै गर्छन् ।
जिल्लाका अलैँची किसानलाई यो व्यवसाय सिकाएका शाक्यले जिल्लाभरि नै अलैँची विरुवा वितरण गर्थे। तर अहिले यो व्यवसाय चटक्कै छाडेका छन् । अलैँचीमा लागेको उक्त रोगका बारेमा जिल्ला प्राविधिक कार्यालयमा सहयोग मागे पनि समुदायले आफैंले नष्ट गर्नुपर्ने भनेपछि समुदायले आफैंले नष्ट नगरेको उनले बताए ।
अलैँचीमा लाग्ने सिन्धुरो रोग एक ठाउँमा नष्ट गरे पनि वरिपरि सबै ठाउँमा नष्ट नगरेसम्म अन्त्य हुँदैन। उक्त रोग लागेको अलैँची नष्ट गर्न खर्चिलो हुने भएपछि स्थानीयले अन्य पेसा नै छाडेको किसान शाक्य बताए।
किसान शाक्यजस्तै अत्तरपुरका प्रायः किसानले अलैँची लगाउन छाडेका छन् । केही किसानले किबी व्यवसाय थालेको उनले बताए । किबीखेती सुरुमा लगाउन खर्चिलो र निकै मिहिनेत गर्नुपर्ने भए पनि भरपर्दो आम्दानी भएपछि किसानले यो व्यवसाय रोजेका छन् ।
पछिल्लोपटक किवी व्यवसाय थालेका शाक्यका अनुसार एउटा बोट किबी लगाउन कम्तीमा पाँच हजार रुपैयाँ खर्च गर्नुपर्छ । तीन वर्ष लागेपछि फल दिन सुरु गर्ने किबीको प्रतिबोट वार्षिक ७० किलोसम्म उत्पादन हुने शाक्य बताए ।
उनका अनुसार कम्तीमा १० वर्षसम्म फल दिने किबीको अहिले बजार मूल्य किसानबाटै प्रतिकिलो तीन सयदेखि पाँच सय रुपैयाँसम्म बिक्री हुने गरेको छ । केही वर्षअघि अलैँचीको पकेट क्षेत्र कहलिएको अत्तरपुर किबीखेतीमा बदलिएको छ ।
गाउँपालिकाकै अलैँची पकेट क्षेत्र बनाउने योजना रहे पनि अलैँचीमा रोग लागेर नष्ट भएको सन्दर्भमा पालिकाले कुनै ठोस निर्णय नगरेको गाउँपालिकाका अध्यक्ष राजु लामाले बताए ।












समाचार
सुपर मादी हाईड्रोपावरको नाफामा २७७ प्रतिशतको वृद्धि, ईपीएस सहित अन्य सूचक कस्ता ?
सरकारले विद्युत् महसुल समयानुकूल बनाउन पुनरवलोकन प्रक्रिया अघि बढायो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन
भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
भगवती हाइड्रोपावरको करिब ५८ लाख कित्ता सेयरको लकइन अवधि सकिंदै
सन नेपालको बोनस र हकप्रद सेयरमध्येको ३ लाख ७७ हजार कित्ता सेयरको लकइन अवधि सकिदै
प्रतिनिधिसभाको बैठक बस्दै, के के छन् कार्यसूची
गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने तयारी, धितोपत्र बोर्ड–एनआरएनबीच छलफल