
काठमाडौं । नेपाल कुचो संघले आज आफ्नो चौथो स्थापना दिवस बनाएको छ । संघको केन्द्रीय कार्यालयमा अध्यक्ष राजकुमार कार्की लगायत कार्यसमिति सदस्यहरुको उपस्थितिमा स्थापना दिवस मनाइएको हो ।
संघका अध्यक्ष कार्कीले स्थापना दिवसको दिन केक काटेर स्थापना दिवसको खुसीयाली मनाइएको थियो । उक्त अबसरमा संघको कार्यसमिति बैठले आगामी महाधिवेशनको मिति पनि घोषणा गरेको अध्यक्ष कार्कीले जानकारी दिए । उनका अनुसार भदौ २८ गते संघको महाधिवेशन बौद्धको ज्योति बैंक्युटमा गर्ने निर्णय भएको छ । उक्त महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ ।
नेपालबाट वार्षिक रुपमा अर्ब भन्दा माथिको कुचो निर्यात हुने गरेको छ । नेपाल कुचोमा आत्मनिभर रहेकाले कुचोबाट विदेशी मुद्रा नेपाल भित्र्याउनका लागि समेत सहयोग पुगेको छ । आफ्नै उत्पादन विदेशमा पठाएर आर्थिक लाभ लिन सकिने क्षेत्रमध्ये कुचो पनि एक हो । नेपालमा अहिले अम्रिसोको कुचो भारत लगायत देशमा निर्यात हुने गरेको छ ।













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल