
भोजपुर । टेम्केमैयुङ गाउँपालिका–४ नागीकी एकल महिला मायादेवी राई अहिले गाउँकै प्रेरणादायी किसान बनेकी छन् । राई शिक्षण पेसा छाडेर चार वर्षअघिदेखि अग्र्यानिक तरकारीखेतीमा लागेकी हुन् ।
राईले ‘इसुक्षा पशुपन्छी तथा मत्स्यपालन फार्म’ दर्ता गरी व्यावसायिक तरकारीखेती गर्दै आएकी छन् । उनले बन्दाकोभी, काउली, ब्रोकोली, टमाटर, भेडेखुर्सानी, एक्वास, प्याजलगायत तरकारी अग्र्यानिक विधिबाट उत्पादन गर्दै आएकी छन् । गाउँघरमै पाइने गाईभैँसी, बाख्रा र बङ्गुरको गोबर प्रयोग गरेर बनाइएको प्राङ्गरिक मल प्रयोग गरी पूर्णतया अग्र्यानिक उत्पादनमा जोड दिएको उनको भनाइ छ ।
“व्यावसायिक रूपमा अग्र्यानिक तरकारी उत्पादन गर्दै आएकी छु”, उनले भनिन्, , “यहाँ उत्पादन भएको तरकारी स्थानीय बजारमा लगेर बिक्री गर्छु । घरखर्च चलाउन समस्या छैन, अब अझै विस्तार गर्ने योजनासहित काम गरिरहेको छु ।” उनले शिक्षण पेसा छाडेर खेतीमा लागेको कारणबारे बताउँदै भनिन्, “कृषि कर्ममा मेहेनत गर्न सके राम्रो आम्दानी गर्न सकिन्छ । तर हामी व्यावसायिक बन्न सक्नुपर्छ । राज्यका तर्फबाट आवश्यक सहयोग र बजार व्यवस्थापन भए अझ धेरै किसानलाई राहत पुग्छ ।”
गाउँपालिका उपाध्यक्ष रमादेवी राईले टेम्केमैयुङमा कृषि र पर्यटनको राम्रो सम्भावना भएकाले गाउँपालिकाले यी दुई क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तय गरेको बताइन् । “टेम्केमैयुङमा कृषि र पर्यटनको राम्रो सम्भवाना छ”, उपाध्यक्ष राईले भन्नि, “किसानलाई व्यावसायिक बनाएर आयआर्जनसँग जोड्न विभिन्न कार्यक्रम सञ्चालन भइरहेको छ ।”
वडा नं ४ का वडाध्यक्ष हर्कराज राईले किसानलाई मौरीपालन, जडीबुटीखेती, सुन्तला र कागतीखेतीमा व्यावसायिक बन्न सहयोग गरिएको बताए । “हाम्रो वडामा तरकारीखेतीमा लाग्ने किसानको सङ्ख्या बढ्दो छ”, वडाध्यक्ष राईले भने, “नागी क्षेत्र मौरीपालनका लागि पनि उपयुक्त भएकाले मौरीपालक किसानलाई प्रोत्साहनका कार्यक्रम चलाइरहेका छौँ ।”
गाउँपालिका अध्यक्ष सरोज बस्नेतले माटो सुहाउँदो खेती प्रणालीमा जोड दिँदै किसानलाई नगदेबालीतर्फ आकर्षित गर्न कार्यक्रम अघि बढाइएको जानकारी दिए । टेम्केमैयुङमा धेरै उर्वरभूमि भएकाले किसानलाई व्यावसायिक योजनाका आधारमा प्रोत्साहनका कार्यक्रम सञ्चालन भइरहेको उनले बताए ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम