
काठमाडौं । अमेरिकन चेम्बर अफ कमर्स नेपाल (एमच्याम नेपाल) ले अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई पदभार ग्रहणको अवसरमा बधाई दिँदै नेपालमा शान्ति, स्थिरता र आर्थिक सुधारका लागि सहकार्य गर्न तयार रहेको जनाएको छ। एक विज्ञप्ति जारी गर्दै एमच्याम नेपालले नेपालको लोकतान्त्रिक र आर्थिक यात्राको यस महत्वपूर्ण चरणमा प्रधानमन्त्री कार्कीको नेतृत्वमा मुलुक स्थिरतासँगै दिगो आर्थिक वृद्धिको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरेको छ। विज्ञप्तिमा भनिएको छ, “हामी स्थिरता, समावेशी वृद्धि र साझा समृद्धि प्रवर्द्धनका लागि अन्तरिम सरकारसँग नजिकको सहकार्य गर्न इच्छुक छौं।”
हालैको घटनामा ज्यान गुमाएका ५१ जनाप्रति गहिरो समवेदना प्रकट गर्दै संगठनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। “शान्त र स्थिर नेपाल आर्थिक विकास र सबैको साझा प्रगतिका लागि आधारशिला हो,” विज्ञप्तिमा उल्लेख छ। एमच्याम नेपालले अमेरिकी व्यावसायिक समुदाय नेपालमा दिगो आर्थिक प्रगति र नेपाली जनताको हितका लागि प्रतिबद्ध रहेको दोहोर्याएको छ। साथै, संस्थाले अन्तरिम सरकारसँग मिलेर आर्थिक संरचना सबल बनाउन आवश्यक सुधारका कदमलाई समर्थन गर्ने प्रतिवद्धता जनाएको छ।
विज्ञप्तिमा थप भनिएको छ, “कानून र व्यवस्था पुनःस्थापना, सम्पत्तिको थप क्षति रोकथाम र स्थायित्वका लागि सामूहिक कदम आवश्यक छ। पारदर्शी र जवाफदेही संस्था निर्माण तथा सुशासन सुनिश्चित गर्नु सार्वजनिक विश्वास जगाउन र दीर्घकालीन लगानी आकर्षित गर्न अत्यन्त जरुरी छ।” एमच्याम नेपालले नेपालको दीर्घकालीन स्थिरता, सुधार कार्यक्रम र समृद्धिको यात्रामा निरन्तर संवाद र सहकार्य गर्ने प्रतिबद्धता प्रष्ट पारेको छ।













समाचार
गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर ढल प्रशोधन
राष्ट्रियसभाको बैठक बस्दै
मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई आग्रह
गरिमा विकास बैंकले कमायो १ अर्ब ६८ करोड नाफा, अन्य सूचक कस्ता ?
नेपाल लाइफको बोनस सेयर डिम्याट खातामा जम्मा
धनुषामा गतआवमा ५७ किमी सडक ढलान
नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा : अब दुई घण्टामै पुगिने
बिनादर्ता सञ्चालित व्यवसायलाई दर्ता गर्न हल्दीबारीको निर्देशन
हर्मुज सम्झौताको नजिक इरान र ओमान, अमेरिकी–इरान वार्ता पनि अघि बढ्दै
२५२ प्रतिशतले बढ्यो लुमिबनी विकास बैंकको नाफा, इपीएस कति ?