पीएसजीसँग बार्सिलोना पराजित 

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले बार्सिलोनालाई हराएको छ । बुधबार राति समूह चरणको खेलमा पीएसजीले बार्सिलोनालाई २–१ ले हराएको हो ।

घरेलु टोली बार्सिलोनाले फरान टोरेसको गोलमा खेलमा सुरुवाती अग्रता बनाएको थियो । तर उक्त अग्रता जागाउन नसक्दा बार्सा घरमै पराजित हुन पुगेको हो । पीएसजीका सन्नी मायुलाले पहिलो हाफमै पाहुना टोलीलाई बराबरीमा ल्याए । खेलको अन्तिम मिनेटमा गोन्कालो रामोसले पीएसजीका लागि विजयी गोल गरे ।

गए राती भएका अन्य खेलहरुमा इङ्लिस क्लब म्यानचेस्टर सिटी मनाकोसँग २–२ गोलको बराबरी खेल्दा अर्को इङ्लिस क्लब आर्सनलले ओलम्पियाकोसलाई २–० ले हरायो ।

त्यस्तै जर्मन क्लब बोरुसिया डर्टमण्डले एटलेटिको क्लबमाथि ४–१ को शानदार जित निकाल्दा युभेन्ट्स र भिल्ला रियलले २–२ गोलको बराबरी खेले ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार