
धरान । गत शुक्रबारदेखि लगातार परेको अविरल वर्षापछि सर्दु–सेरा खोलामा आएको बाढीका कारण रामधुनी नगरपालिका–८ स्थित झुम्का अर्गानिक कृषि फार्ममा क्षति पुगेको छ । बाढीका कारण फार्ममा रहेका २०० भन्दाबढी सुँगुर बगाउँदा करिब रु ८० लाखभन्दा बढीको क्षति भएको फार्म सञ्चालक भरत कार्कीले बताए ।
मलेसियामा तीन वर्ष काम गरेर फर्किएपछि कार्कीले विसं २०७४ मा फार्म सञ्चालन गरेका हुन् । करिब चार बिघामा फैलिएको फार्मममा १६ जनाले रोजगारी पाइरहेका छन् । उनका अनुसार फार्ममा ३०० भन्दा बढी सुँगुर थिए । शनिबार रातिको बाढीले ठूला माउ सुँगुरदेखि साना बच्चासम्म गरी २०० भन्दाबढी सुँगुर बगाएको उनको भनाइ छ । फार्ममा अहिले करिब ७० वटा सुँगुर बचेका छन् । बच्चा सुँगुरमध्ये ४० भन्दाबढी पानीमा डुबेर मरेका छन् भने मासु उत्पादनका लागि तयारी अवस्थामा रहेका सुँगुरहरू बाढीले बगाएर लगेको उनले बताए ।
उनले भने, ‘भारी वर्षापछि फार्ममा एक्कासी बाढी पस्यो, सुँगुरहरू आत्तिएर खोर नाघेर खोलातर्फ हामफाल्न थाले, हामी फार्मको पारीपट्टी थियौँ, उनीहरुलाई बचाउन सकिएन, फार्मको ढोका र झाडीमा अल्झिएर बचेका केही सुँगुर मात्र अहिले बाँकी छन् ।’ उनले कुखुरा फार्म खोलाभन्दा केही पर भएकाले जोगिएको बताए । उक्त फार्ममा करिब ३० हजार कुखुरा छन् ।













समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना