
काठमाडौं । सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति २०८२–२०८७ जारी गरेको छ । अर्थमन्त्रालयले जारी गरेको रणनीति अनुसार सन् २०३० सम्म राजस्व विचलनलाई ५ प्रतिशतभन्दा तल ल्याउने लक्ष्य निर्धारण गरिएको हो ।
बजेटमार्फत पूर्वानुमान गरिएको राजस्वको लक्ष्य र प्राप्ती राजस्व बीचको अन्तर नै राजस्व विचलन हो । अनुमान गरेभन्दा बढी राजस्व उठ्नुलाई धनात्मक विचलन र कम राजस्व उठ्नुलाई ऋणात्मक विचलन भन्ने गरिन्छ । नेपालमा पहिलेदेखि नै ऋणात्मक राजस्व बिचलन छ । मन्त्रालयका अनुसार अहिले राजस्व विचलन ३१ प्रतिशतभन्दा बढी छ । त्यो अवस्थामा अबको ५ बर्षमा अर्थात् २०३० सम्म त्यसलाई ५ प्रतिशत भन्दा कम बनाउने लक्ष्य सरकारले लिएको छ ।
राजस्व नीतिले पाएको वित्तीय प्रभावको मूल्यांकन गर्ने कार्यक्रमअन्तगत यस्तो लक्ष्य राखिएको हो । यसले राजस्व पूर्वाअनुमान क्षमतामासुधार आएको हुने र राजस्व नीतिमा हरित करका पक्षहरु समावेश गरिएको हुने अपेक्षा गरिएको छ । यो लक्ष्य कार्यान्वयन गर्ने निकायको रुपमा आन्तरीक राजस्व विभाग, अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखा, भन्सार बिभाग र राजस्व सम्बन्धित् अन्य निकायहरुलाई तोकिएको छ ।
त्यस्तै सरकारले सन् २०३० सम्म सबै प्रकारका राजस्व डिजिटल भुक्तानीमार्फत संकलन गर्ने लक्ष्य लिएको छ । अहिले केही राजस्व मात्रै डिजिटल भुक्तानीमार्फत संकलन हुने गरेको छ । अधिकांश राजस्व परम्परागत शैलीमै संकलन हुने गर्छन् । तर, २०३० सम्म सम्पूर्ण राजस्व डिजिटल भुक्तानीमार्फत संकलन गरिने सरकारी लक्ष्य छ । करदाताहरुको लागि डिजिटल भुक्तानीको विकल्प विस्तार गर्ने योजनाअन्तरगत यस्तो लक्ष्य लिएको हो । यो नीतिले डिजिटल प्रणालीमार्फत राजस्व संकलनमा बृद्धि आएको हुने अपेक्षा गरिएको छ । साथै, अनुपात र संकलन लागत दुवैमा कमी आएको हुने बताइएको छ ।
यो योजना कार्यान्वयन गर्ने निकायको रुपमा महालेखा नियन्त्रण कार्यालय, अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखा, आन्तरीक राजस्व विभाग, भन्सार बिभाग लगायतलाई तोकिएको छ । यस्तै, सरकारका सबै तहहरूमा एकीकृत करदाता सुचना व्यवस्था प्रणाली लागू गर्ने नीति पनि सरकारले लिएको छ । हाल यस सम्बन्धमा कुनै फ्रेमवर्क छैन ।












समाचार
प्रधानमन्त्री बालेनले लिए सुनसरी घटनाको विस्तृत ब्रिफिङ
मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन
सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक
सेयर बजारको गिरावटमा लागेन ब्रेक, परिसूचक ७ अंकले घट्दा ४ अर्बको कारोबार
विदेशी मुद्राको सञ्चिति साढे ३७ खर्ब माथि, १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
चालु खाता ८०२ अर्ब एवम् शोधनान्तर स्थिति ९२६ अर्बले बचतमा
रेमिट्यान्स आप्रवाह ३८ प्रतिशतले बढ्यो, ११ महिनामा २१ खर्ब बढी भित्रियो
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने