श्रीनगर एग्रीटेकको आईपीओ आजदेखि सर्वसाधारणलाई खुला

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आज असोज २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३२ लाख ६२ हजार ५०० कित्ता आईपीओ जारी गर्ने अनुमति पाएकोमा वैदेशिक रोजगारीमा रहेकालाई ३ लाख ९ हजार ९३८ कित्ता र आयोजना प्रभावितलाई १ लाख ६३ हजार १२५ कित्ता आईपीओ बाँडफाँड गरिसकेको छ । अब कम्पनीले सामूहिक लगानी कोषलाई १ लाख ५४ हजार ९६९ कित्ता र कम्पनीका कर्मचारीलाई १ लाख २३ हजार ९७५ कित्ता आईपीओ सुरक्षित गरी सर्वसाधारणलाई बाँकी रहेको २५ लाख १० हजार ४९३ कित्ता जारी गर्न लागेको हो ।

यसमा आवेदन दिंदा घटीमा १० कित्ताका लागि र बढीमा १० हजार कित्तासम्म माग गर्न सकिनेछ । यो आईपीओमा आवेदन दिने अन्तिम मिति असोज २९ गते रहेको छ । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले रहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार