काठमाडौं । पुँजी बजारमा आज ठूलो गिरावट आएको छ। बिहीबार दोहोरो अंकले बढेको बजार आज भने ठुलो अंकले घटेको हो । बजार घट्दा लगानीकर्ताले अर्बौको सम्पत्ति गुमाएका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ७८.८३ अंकले घटेर २५०३.३५ बिन्दुमा बन्द भएको छ । आज ३२४ वटा कम्पनीका १ करोड ४३ लाख ६४ हजार कित्ता सेयर किनबेच हुँदा कुल ६ अर्ब ७० करोडको कारोबार भएको छ। आज १३ वटै उपसूचकहरू राताम्य भएका छन्। होटल तथा पर्यटन समूहको सेयरमूल्य सबैभन्दा बढी ४.८४ प्रतिशतले घटेको छ। वाणिज्य बैंक समूहको २.३० प्रतिशत, विकास बैंकको २.९३ प्रतिशत, र फाइनान्स समूहको सेयरमूल्य ३.६७ प्रतिशतले घटेको छ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३८ करोड ७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनएलजी इन्स्योरेन्स कम्पनीको ३७ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै बुटवल पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ प्रतिशतका दरले गुमाएका हुन् ।