
काठमाडौं । पुँजी बजारमा आज ठूलो गिरावट आएको छ। बिहीबार दोहोरो अंकले बढेको बजार आज भने ठुलो अंकले घटेको हो । बजार घट्दा लगानीकर्ताले अर्बौको सम्पत्ति गुमाएका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ७८.८३ अंकले घटेर २५०३.३५ बिन्दुमा बन्द भएको छ । आज ३२४ वटा कम्पनीका १ करोड ४३ लाख ६४ हजार कित्ता सेयर किनबेच हुँदा कुल ६ अर्ब ७० करोडको कारोबार भएको छ। आज १३ वटै उपसूचकहरू राताम्य भएका छन्। होटल तथा पर्यटन समूहको सेयरमूल्य सबैभन्दा बढी ४.८४ प्रतिशतले घटेको छ। वाणिज्य बैंक समूहको २.३० प्रतिशत, विकास बैंकको २.९३ प्रतिशत, र फाइनान्स समूहको सेयरमूल्य ३.६७ प्रतिशतले घटेको छ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३८ करोड ७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनएलजी इन्स्योरेन्स कम्पनीको ३७ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै बुटवल पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ प्रतिशतका दरले गुमाएका हुन् ।












समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू