
काठमाडौं । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३ को प्रथम त्रैमासिक अवधिमा लक्ष्यको ९५ प्रतिशत राजस्व असुली गरेको जनाएको छ । पूर्वी नाका काँकडभिट्टास्थित भन्सार कार्यालयले चालु आवको साउन, भदौ र असोज महिनामा ४ अर्ब ३६ करोड २८ लाख ५५ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ४ अर्ब १५ करोड २० लाख ८ हजार असुली गर्न सफल भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाइँले जानकारी दिए ।
उनका अनुसार सबैभन्दा बढी राजस्व आयातित सामानको भन्सार महसुलतर्फ रु एक अर्ब ८० करोड ५३ लाख ७९ हजार ५४९ असुली भएको छ । आयातित सामानको मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब ४९ करोड २३ लाख ६४ हजार ३९३, सडक मर्मत तथा सुधार दस्तुरतर्फ रु १३ करोड १७ लाख १२ हजार, आयातको अन्तः शुल्कतर्फ रु ११ करोड तीन लाख ५९ हजार ९३, निर्यातको भन्सार महसुलतर्फ रु १० करोड ६२ लाख १० हजार १२४ र पूर्वाधार करतर्फ रु ३९ करोड ५३ लाख ६० हजार राजस्व असुली भएको भन्सारको त्रैमासिक प्रगति विवरणमा जनाइएको छ ।
जेनजी आन्दोलनबाट प्रभावित मानिएको चालु आवको गत असोज महिनामासमेत भन्सारले लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ । मासिक लक्ष्यको १०१ प्रतिशत राजस्व असुली गर्न सफलता मिलेको भन्सार कार्यालयले जनाएको छ । कार्यालयले असोज महिनामा रु एक अर्ब ५० करोड ४९ लाख २४ हजार राजस्व असुलीको लक्ष्य लिएको थियो । तर, सो अवधिमा रु एक अर्ब ५२ करोड २४ लाख ९० हजार राजस्व असुली गरेको सूचना अधिकारी हुमागाइँको भनाइ छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू