
बाँके । बाँके जिल्लामा उत्पादित तरकारीमा विषादीको मात्रा बढ्दै गएको पाइएको छ। नेपालगञ्जस्थित केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले गत आर्थिक वर्ष २०८१/८२ मा परीक्षण गरेका नमुनामध्ये १० किसिमका तरकारीमा अत्यधिक विषादी फेला परेको जनाएको छ।
प्रयोगशालाका नायब प्राविधिक सहायक गौरव चौधरीका अनुसार सबै कैफियत पाइएका तरकारी बाँके जिल्लाकै उत्पादन हुन्। दश वटामध्ये नौ वटा रायो, माटे र सम्धिनी लगायत सागमा र एउटा बोडीमा विषादीको मात्रा अत्यधिक पाइएको हो। चैत, वैशाख, जेठ र असार महिनामा परीक्षण भएका सबै नमुना रेडलेबल (उपभोग गर्न नमिल्ने) श्रेणीमा परेका थिए।
गत आवमा भारतबाट ४१३, सल्यानबाट २७३, बाँकेबाट ९६२, चितवनबाट ७९, सुर्खेतबाट १२, बर्दियाबाट ५३, दाङबाट ७६ र अन्य जिल्लाबाट समेत नमुना परीक्षण गरिएको थियो । चौधरीका अनुसार तरकारी वा फलफूलमा ३५ प्रतिशतभन्दा कम निषेध प्रतिशत भए ‘ग्रीन लेबल’ (उपभोगयोग्य), ३५ देखि ४५ प्रतिशतबीच भए ‘यल्लो लेबल’ (क्वारेन्टिनपछि उपभोगयोग्य) र ४५ प्रतिशतभन्दा माथि भए ‘रेड लेबल’ (उपभोग गर्न नमिल्ने) मानिन्छ।
नेपालगञ्ज प्रयोगशालामा विभिन्न जिल्लाबाट आउने तरकारी तथा फलफूलसँगै भारतबाट आयात हुने वस्तुको पनि परीक्षण गरिन्छ। परीक्षणको नतिजा करिब डेढ घण्टाभित्र उपलब्ध हुने चौधरीले बताए। गत आवमा एक हजार ८८३ वटा नमुना परीक्षण गर्दा १० वटा नमुनामा कैफियत फेला परेको थियो, जुन अघिल्लो आवको सात नमुनाभन्दा बढी हो। चौधरीका अनुसार परीक्षण दायरा विस्तारसँगै विषादी फेला पर्ने दर पनि बढेको छ।
यस आवको साउनदेखि हालसम्म ४८२ वटा नमुना परीक्षण गर्दा कुनै कैफियत पाइएको छैन। प्रयोगशालामा ‘अर्गानोफस्फेट’ र ‘कार्बामेट’ समूहका दुई प्रकारका विषादीको परीक्षण गरिँदै आएको छ। नेपालगञ्जमा विसं २०७९ मङ्सिरदेखि तरकारी तथा फलफूलमा विषादी परीक्षण सुरु गरिएको हो।












समाचार
बाढीप्रभावितलाई ‘मोड्युलर’ घर र एकीकृत सहर निर्माण गरी पुनःस्थापना गरिने
अर्बौं लगानी भैसकेका संखुवासभाका चार जलविद्युतको काम रोक्न स्थानीयको दबाब
विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
नेप्सेको डेटा सेन्टरकाे समस्यापछि धितोपत्र बोर्डले गठन गर्यो छानबिन समिति
प्रभु बैंकको ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना’ सार्वजनिक
‘गौरवको यात्रा’: अन्नपूर्ण स्पाइकर किंग्सको नेपाल भलिबल लिग सिजन १ को ट्रफी टुर अन्नपूर्ण बेस क्याम्पमा भव्यताका साथ सम्पन्न
बिजुलीमा लगाइएको भ्याट हटाइने
न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
संयुक्त राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री र प्रतिपक्षी दल कांग्रेसबीच छलफल
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १४ अर्ब ८८ करोड पुग्यो