
काठमाडौं। दोस्रो संस्करणको नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । नेपालगन्ज स्वीमिङ क्लबले नेपालगन्ज रंगशालामा कात्तिक १४ र १५ गते दोस्रो संस्करणको नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिता आयोजना गर्न लागेको छ । प्रतियोगितामा सात प्रदेशका करिब २ सय खेलाडीले ५६ वटा विधामा प्रतिस्पर्धा गर्ने पक्का भएको आयोजक नेपालगन्ज स्वीमिङ क्लबले जनाएको छ ।
प्रतियोगितामा देशभरका अन्डर ८, १०, १२, १४ र १७ वर्ष उमेर समूहका अतिरिक्त खुल्ला उमेर समूहका खेलाडीबीच प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष केशवराज न्यौपानेले जानकारी दिए । ८ वर्ष मुनिको उमेर समूहका खेलाडीले २५ मिटर दुरीमा, १० वर्ष मुनिको उमेर समूहका खेलाडीले ५० मिटर दुरीमा प्रतिस्पर्धा गर्ने भएका छन् । यस्तै १२ र १४ वर्ष मुनिको उमेर समूहका खेलाडीले ५० र १०० मिटर दुरीमा प्रतिस्पर्धा गर्नेछन् । खुल्ला उमेर समूहका खेलाडीले २०० र ४०० मिटर दुरीमा विभिन्न इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।
आयोजक क्लबले प्रतियोगितामा सहभागिताका लागि आबेदन खुल्ला गरेको छ । इच्छुक खेलाडीले क्लबले उपलब्ध गराउने गुगल फर्म भरेर आवेदन दिन सक्ने छन् । प्रतियोगितामा सहभागी हुन आवेदन फर्म भर्दा खेलाडीले एक हजार पाँच सय शुल्क तिर्नु पर्नेछ । करिब १ सय खेलाडिले अनलाइन फाराम भरी सकेका छन् । नेपाल पौडी संघसँग सहकार्य गरेर आयोजक क्लबले नेशनल स्वीमिङ्ग टेक्निकल अफिसियल्स (रेफ्री, जज) क्लिनिक पनि संचालन गर्दैछ । क्लिनिकमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ३५ जना रेफ्री, जज सहभागी हुने छन् । बाँके जिल्ला बाहेक अन्य जिल्लाबाट सहभागी हुन आउने खेलाडीलाई खेल अवधि भर निःशुल्क खाजा, खाना र बसोबासको ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको तयारीका लागि नेपाल पौडी संघका टेक्निकल हेड बिष्णु खड्का सहित ३ जना प्राविधिक नेपालगञ्ज पुगिसकेका छन् । कार्यक्रमलाई लुम्बिनी प्रदेश सरकार, नेपालगन्ज उप महानगरपालिका, प्रदेश खेलकुद परिषद् लुम्बिनीलगायत विभिन्न व्यापारिक प्रतिष्ठान, बंैक, अस्पताल, इन्सुरेन्स कम्पनीका अतिरिक्त खेलप्रेमी, उद्यमी ब्यबसायीले सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएको आयोजकले जनाएको छ । प्रतियोगिता आयोजना गर्न करिब १५ लाख खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष न्यौपानेले बताएका छन् ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम