
काठमाडौं । गरिमा विकास बैंको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले १९औं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि कात्तिक १८ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम सेयरधनी मात्रै सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।
यस बैंकले आफ्ना सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र ४.५३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । यो निर्णय पारितका लागि यही कात्तिक १७ गते होटल पोखरा ग्राण्डमा बिहान ११ बजेदेखि साधारणसभा बस्दैछ ।
यसका साथै गत आर्थिक वर्ष (आव) को वित्तीय विवरण पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने, केन्द्रीय कार्यालय बालुवाटारमा सार्ने, बैंकको छाप र लोगो फेर्ने, उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जान र बैंकको प्रबन्धपत्र÷नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव बैंकको साधारणसभाले पारित गर्नेछ ।












समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि