
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले नाफा करोड माथि पुगेको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तिय विवरण अनुसार नाफा १ करोड १४ लाख पुगेको हो ।
गत आवको असोज मसान्तसम्म कम्पनी ४३ लाख ५३ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको थियो । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीले गत आवको नोक्सानी घटाउँदै नाफा कमाउन सफल भएको वित्तीय छ । त्यसैगरी गत वर्षको असोज मसान्तसम्म कम्पनीले ३ करोड १३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यस वर्ष १३.९२ प्रतिशतको वृद्धि सहित ३ करोड ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
त्यसैगरी यस वर्ष कम्पनीको कुल सञ्चालन आम्दानी ३ करोड ४६ लाख रुपैयाँबाट १४ प्रतिशतले बढेर ३ करोड ९५ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १ करोड ११ लाख रुपैयाँ पुगेको छ जुन गत आवको सोही अवधिमा २ करोड ३० लाख रुपैयाँ घाटामा थियो ।
त्यस्तै अघिल्लो वर्ष १४.४३ प्रतिशत रहेको कम्पनीको खराब कर्जा (एनपीएल) यस वर्ष घटेर १२.८३ प्रतिशतमा झरेको भए तापनि यो अझै पनि उच्च विन्दु हो । चुक्ता पुँजी ७ करोड ८३ लाख रुपैयाँ रहेको यस कम्पनीको रिजर्भमा २३ करोड ९१ लाख रुपैयाँ रहेको छ ।













समाचार
सामाजिक सञ्जालले फेरिएको व्यापार शैली
ठमेल प्लाजा होटलको साधारण सभा आज
किसानको गुनासो सुन्दै सिक्टा सिंचाइ, भौतिक प्रगति ५१ प्रतिशत
१४ वर्षमै आमा, २० प्रतिशत सुत्केरी २० वर्षमुनिका
मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर
सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फरार
माइतीघर मण्डलामा महिनौँदेखि राखिएका टेन्ट प्रहरीले हटायो, दिउँसोको प्रदर्शन भने नरोकिने
तेलको मूल्य घट्ने ट्रम्पको दाबी
आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
मुगु केन्द्रबिन्दु भएर लगातार दुई पटक भूकम्प