
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ भोलि (कात्तिक २० गते) बुक क्लोज गर्ने भएकाले यसको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।
कम्पनीले आफ्ना सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत लाभांश वितरण गर्दैछ । जसमध्ये २० प्रतिशत (१० कित्ताका लागि २ कित्ता) बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ । यो लाभांश पारित गर्नका लागि यही कात्तिक ३० गते आइतबार पर्सा जिल्लाको लिपनिविर्तास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजेदेखि कम्पनीको २५ औं वार्षिक साधारणसभा बस्दैछ ।
उक्त सभाले गत आवको वित्तीय विवरण पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने, ५ सञ्चालकको अवधि ४ वर्ष थप्ने, कम्पनीको ब्राण्डका मदिरा उत्पादन अरू कम्पनीबाट पनि गर्ने गरी सम्झौता गर्ने र सञ्चालक समितिका सदस्यको दुर्घटना तथा औषधोपचार सेवा स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी बोनस सेयर वितरणछि जारी तथा चुक्ता पुँजी बढ्ने भएकाले सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अधिकार दिने विशेष प्रस्ताव पनि सभाका लागि तय गरिएका छन् ।













समाचार
अब त्यस्तो दिन नदोहोरियोस् : पूर्वप्रधानमन्त्री कार्की
इन्डोनेसियामा ज्वालामुखी विस्फोटन, ३ हजार उडान अवरुद्ध, साढे ३ लाख यात्रु अलपत्र
बीमा दाबी भुक्तानी लिन बीमितलाई सम्पर्कमा आउन स्टार माइक्रोको आग्रह
पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै
१६२ किलो गाँजासहित दुई जना चालक पक्राउ
कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर
प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून
दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै
भेडागोठमा लालवीरका सात दशक