
काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकले सो अवधिसम्ममा २ अर्ब ९१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.७७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ८० करोड रुपैयाँ यस्तो आम्दानी गरेको थियो। समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी ३९.६३ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १३.१२ प्रतिशत बढेको छ ।
खुद ब्याज आम्दानी बढेपनि बैंकको सञ्चालन मुनाफा र खुद नाफा भने समीक्षा अवधिमा सामान्य घटेको छ । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ८.११ प्रतिशत घटेको छ भने खुद नाफा २.०१ प्रतिशत घटेको छ । गत आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा १ अर्ब ७ करोड रुपैयाँ खुद नाफा कमाएको यस बैंकले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
बैंकको निष्क्रिय कर्जा बढेका कारण इम्पेरमेन्ट चार्ज १ अर्ब २६ करोड रुपैयाँ पुगेपछि सञ्चालन मुनाफा र खुद नाफामा दबाब पुगेको हो । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३३ पैसा घटेर १६ रुपैयाँ ११ पैसामा झरेको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ २१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ११.२६ गुणा रहेको छ ।
२६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ११ अर्ब ८५ करोड ७० लाख रुपैयाँ सञ्चित छ । पहिलो त्रैमासको अन्त्यसम्ममा बैंकले ३ खर्ब ६० अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ६९ अर्ब ४१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह