
काठमाडौं । साताको सेयर कारोबार हुने चौथो दिन सेयर बजार परिसूचक घटेर कारोबार बन्द भएको छ । अघिल्ला दुई दिन बढेको सेयर बजार आज ४.९८ अंकले घटेर कारोबार बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक २५६१.०८ विन्दुमा पुगेको हो । आज सेयर बजारमा १७० कम्पनीको सेयर मूल्य घटेको छ । ७७ कम्पनीको सेयर मूल्य भने आज बढेको छ । त्यस्तै आज ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.२६ अंकले घटेर ४४२.२६ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ९ वटाको सेयर मूल्य घटेको छ भने ४ वटाको मात्रै बढेको छ ।
परिसूचक घटेको दिन कारोबार रकम पनि ३ अर्बमा सिमित रहेको छ । आज सेयर बजारमा ३३८ कम्पनीका ८३ लाख ८८ हजार ३७३ कित्ता सेयर ५० हजार ६२६ पटक खरिद बिक्री हुँदा ३ अर्ब ७७ करोड ८६ लाख ३२ हजार ७७१रुपैयाँको कारोबार भएको छ । आज परिसूचक घटे पनि ८ वटा कम्पनीमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै