इलेक्ट्रो पावरले ८१ करोडको आईपीओ निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

काठमाडौं । इलेक्ट्रो पावर कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ८१ करोड २५ लाख रुपैयाँ बराबरको ८१ लाख २५ हजार कित्ता सेयर निष्काशन गर्न अनुमति माग गरेको हो । कम्पनीको बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ । कम्पनीले सिन्धुपाल्चोकमा ४४ मेगावाटको भोटेकोशी १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार