
काठमाडौं । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेप्से परिसूचक एकले अंकले बढेर कारोबार भएको छ । अघिल्लो दिन ५ अंकले बढेको नेप्से परिसूचक आज पनि ९.६१ अंकले बढेको हो ।
आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २६६५.६० विन्दुमा पुगेको छ । यो सहित सेयर बजार यो सातामा लगातार चार दिन नै बढेर कारोबार भएको छ । आज सेयर बजारमा १४२ कम्पनीको सेयर मूल्य बढेको छ भने १०४ कम्पनीको घटेर कारोबार भएको छ । त्यस्तै ११ वटा कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.६४ अंकले बढेर ४५९.१७ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ८ वटाको सेयर मुलय बढेको छ भने ५ वटाको घटेरको छ ।
परिसूचकसँगै आज कारोबार रकममा पनि वृद्धि भएको छ । अघिल्लो दिन ५ अर्ब ८२ करोड माथिको कारोबार भएको बजारमा आज भने साढे ६ अर्ब भन्दा बढीको कारोबार भएको छ । आज सेयर बजारमा ३२२ कम्पनीका १ करोड ३६ लाख २० हजार ८३८ कित्ता सेयर ९१ हजार ७०५ पटक खरिद बिक्री हुँदा ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार ९५ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि