
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले लगातार चौथो जित निकालेको छ । आज भएको खेलमा लुम्बिनी लायन्सलाई ७ विकेटले पराजित गर्दै उसले आफ्नो अपराजित यात्रा जारी राखेको हो ।
लुम्बिनीले दिएको १४४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८.२ ओभरमा ३ विकट गुमाएर पुरा गरेको हो । उसका लागि ओपनर विनोद भण्डारीले अविजित रहँदै ७० रनको योगदान दिए । त्यस्तै आरिफ शेखले ३९ रनको योगदान दिए भने क्रिस लिनले पनि १६ रनको योगदान दिए । लुम्बिनीका लागि रुबेन ट्रम्पेलम्यान, अभिषेश गौतम र तिलक भण्डारी १÷१ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी १९.४ ओभरमा अलआउट हुँदै १४३ रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ३५ रनको योगदान दिए । त्यस्तै दिलिप नाथले ३१ रनको पारी खेले । त्यस्तै सुमित महर्जन र डी’आर्सी सर्टले समान १८÷१८ रनको योगदान दिए । गुलबदिन नैबले पनि टोलिका लागि ११ रनको योगदान दिए ।
सुदूरपश्चिमका लागि अभिनाष बोहोरा र हर्मीत सिंहले ३÷३ विकेट लिए । हेमन्त धामीले २ विकेट लिए । त्यस्तै स्कट कुगेलेइजनले १ विकेट लिए ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम