
काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले नारायणगढ–हेटौंडा र पथलैया–हेटौंडा सडक विस्तार कार्यलाई यथाशीघ्र अघि बढाउन सरकारलाई आग्रह गरेको छ। हेटौंडा क्षेत्र वर्षौंदेखि अत्यधिक ट्राफिक चाप, अव्यवस्थित पार्किङ र साँघुरो सडकका कारण जटिल बन्दै गएकाले विस्तार अब अपरिहार्य बनेको महासंघको धारणा छ।
महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँद्वारा जारी विज्ञप्तिमा हेटौंडा बागमती प्रदेशको राजधानी भएर पनि लामो समयदेखि सडक सुविधाको अभावमा नागरिक र व्यवसायी दिनहुँ समस्यामा परेको उल्लेख छ। विसं २०१२–१३ सालमा निर्माण भएको हालको सडक वर्तमान आवश्यकता पूरा गर्न नसकेकाले विस्तारलाई ढिलाइ गर्न नहुनेमा महासंघले विशेष जोड दिएको छ।
यातायात चाप बढ्दै जाँदा दुर्घटना जोखिम समेत बढेको परिस्थितिमा विस्तार कार्यलाई छिटो, प्रभावकारी र योजनाबद्ध रूपमा अघि बढाउनु आजको आवश्यकता भएको महासंघको भनाइ छ।
यसैबिच, मंसिर ५ गते गोरखापत्रमा प्रकाशित सडक डिभिजन कार्यालयको सूचनामा हेटौंडा–१५ रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको दायाँ–बायाँ २५–२५ गजभित्रका संरचना हटाइने जानकारी दिइएको थियो, जसले स्थानीयवासी र व्यवसायीमा चासो उत्पन्न भएको छ।
विस्तार छिटो गर्नुपर्ने धारणा राख्दै आएको महासंघले प्रभावित सम्पत्तिधनीको अधिकार संरक्षण पनि राज्यले गर्नैपर्ने भन्दै कानुनअनुसार उचित मुआब्जा, क्षतिपूर्ति र पुनर्स्थापनाको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ।
महासंघले सडक विस्तार अब ढिलो नगरोस्, तर प्रभावितको हकहितलाई सम्मान गर्दै अघि बढोस् भन्ने सन्देशसहित दुवै पक्षको हित सुनिश्चित गर्ने संयमित प्रक्रिया अपनाउन सरकारलाई सुझाव दिएको छ।













समाचार
स्याङ्जामा एक वर्षमै ३३४ उद्योग खारेजी, ५ करोडभन्दा बढी लगानी बाहिरियो
नेपाली एआई प्रविधि ‘टिङटिङ’ श्रीलंकाको बजारमा प्रवेश
अमेरिकासँग व्यापार वार्ता भाँडिएपछि क्यानडाले ‘डलर फोर डलर’ कर लगाउने
टिकटकले अमेरिकालाई ४० करोड डलर तिर्ने, बालबालिकाको गोपनीयता उल्लंघन गरेको आरोप
नेपाल ‘ए’ को खराब प्रदर्शन जारी, बंगलादेशसँग ९ विकेटले पराजित
‘हिमाली बौद्ध धर्ममा जीवन र पुनर्जन्म’बारे बौद्ध विद्वानहरूको गहन विमर्श
जंगली जनावरले किसानको खेती सकाएपछि अर्घाखाँचीमा वन्यजन्तु शिकारका लागि लाइसेन्स खुला
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता