काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । आज चाँदीको मूल्य भने बढेको छ । आज सुन तोलामा ३०० रुपैयाँले सस्तो भएको छ भने चाँदी १० रुपैयाँले महंगो भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ५३ हजार ६०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर ३ हजार ३४५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।