जनकपुरविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै कर्णाली

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार जनकपुरले टस जितेर बलिङ रोजेको हो ।

दुवै टोली ‘प्लेअफ’बाट बाहिरिसकेका छन् । जनकपुर र कर्णालीले आजको खेलमा तीन–तीन खेलाडी परिवर्तन गरेका छन्। यो खेलको विजेताले सातौँ स्थानमा रहेर एनपीएफको यात्रा अन्त्य गर्नेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार