
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । मंगलबार कम्पनीको २९ औँ वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
कम्पनीका अध्यक्ष मनोहर दास मुलको सभापतित्वमा अमृतभोग, कालीकास्थान, काठमाडौंमा सम्पन्न भएको छ । सभामा कम्पनीका अध्यक्ष मनोहर दास मुलले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि. (सलिको) को व्यवसाय लगायतका अन्य कामकारवाहीहरुको बारेमा शेयरधनीहरुलाई बिस्तृत रुपमा जानकारी गराए ।
आ.ब. २०८१/०८२ मा कम्पनीले खुद ५०,०२,४८,५२३ मुनाफा आर्जन गर्न सफल भएको छ । जुन गत आ.ब. २०८०/०८१ को तुलनामा ८.५२ प्रतिशतले बृद्धि हो । त्यसैगरी, गत वर्षको दाबी भुक्तानी २,८३,३२,९२,६१४ को तुलनामा यस आ.ब मा रु. ३,६२,५१,५५,२५५ को दाबी भुक्तानी गरेको छ । आउदो वर्षहरुमा पनि ग्राहकबर्गलाइ उच्च सेवा दिने लक्ष्य सहित कम्पनी अगाडी बढेको विश्वास दिलाउन चाहान्छौ ।
सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि. को आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण पारित गर्ने, आ.ब. २०८२/०८३ को लागि लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरे बमोजिम सेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने, प्रस्ताव पारित गर्ने निर्णय गरेको छ । सभामा कतिपय सेयरधनीहरुले लिखित सुझाव तथा कतिपय शेयरधनी महानुभावहरु उपस्थिति भई आ–आफनो धारणाहरु राखेका थिए ।












समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व