
काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले बिना लाभांश प्रस्ताव साधारणसभा बोलाएको छ । कम्पनीको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस १६ गते सोमबार काठमाडौंको गौशालास्थित होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजे १६ औं वार्षिक साधारणसभा बोलाएको हो ।
कम्पनीले सभाका लागि आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण गर्ने सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्नेछ । त्यसका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र कम्पनीको नियमनकारी निकायबाट कुनै निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
साधारणसभा प्रयोजनार्थ कम्पनीले आउँदो पुस ८ गते मंगलबार एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरको छ । तसर्थ बुक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पुस ७ गतेसम्म कायम सेयरधनीहरू मात्रै कम्पनीको साधारणसभामा भाग लिन सक्नेछन् ।













समाचार
स्याङ्जामा एक वर्षमै ३३४ उद्योग खारेजी, ५ करोडभन्दा बढी लगानी बाहिरियो
नेपाली एआई प्रविधि ‘टिङटिङ’ श्रीलंकाको बजारमा प्रवेश
अमेरिकासँग व्यापार वार्ता भाँडिएपछि क्यानडाले ‘डलर फोर डलर’ कर लगाउने
टिकटकले अमेरिकालाई ४० करोड डलर तिर्ने, बालबालिकाको गोपनीयता उल्लंघन गरेको आरोप
नेपाल ‘ए’ को खराब प्रदर्शन जारी, बंगलादेशसँग ९ विकेटले पराजित
‘हिमाली बौद्ध धर्ममा जीवन र पुनर्जन्म’बारे बौद्ध विद्वानहरूको गहन विमर्श
जंगली जनावरले किसानको खेती सकाएपछि अर्घाखाँचीमा वन्यजन्तु शिकारका लागि लाइसेन्स खुला
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता