काटमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको ७०० रुपैयाँ र चाँदी २५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर ४ हजार ८० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ५५ रुपैयाँ रहेको थियो ।