
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टेमन्ट एण्ड डेभलपमेन्टको सेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
यस दिन नेप्सेले कम्पनीको १.५ प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजनपश्चात बैंकको सेयरमूल्य २५५ रुपैयाँ १७ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको सेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात सोमबार, दोस्रो बजारमा कम्पनीको सेयर प्रतिकित्ता २५९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ । एचआईडिसिएलले पुस २१ गते, सोमबार, कार्की ब्याङ्कवेट, बबरमहल, काठमाडौँमा चौधौँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान १० बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको १.५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित २ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।












समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू