
काठमाडौं । सेयर बजार लगातार दोस्रो दिन पनि बढेर कारोबार भएको छ । अघिल्लो दिन पनि सामान्य बढेको सेयर बजार आज पनि १.३७ अंकले बढेर २५८५.८७ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा १४२ कम्पनीको सेयर मूल्य घटेको छ भने १११ कम्पनीको बढेको छ । त्यस्तै आज ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ०.९४ अंकले बढेर ४४८.५३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ७ वटाको सेयर मूल्य घटेको छ भने ६ वटाको बढेको छ ।
परिसूचक सामान्य अंकले बढेको दिन सेयर बजारमा ३ अर्ब माथिको कारोबार भएको छ । आज ३३४ कम्पनीका ७२ लाख २४ हजार ९१७ कित्ता सेयर ६२ हजार ७६८ पटक खरिद बिक्री हुँदा ३ अर्ब २२ करोड ४६ लाख ६४ हजार ६६३ रुपैयाँको कारोबार भएको छ ।
फेसबुक प्रतिक्रिया












समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह