
काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा दुई दिने खोज पत्रकारिता तालिम सम्पन्न भएको छ । आइतबारदेखि सुरु भएको तालिम सोमबार सम्पन्न भएको हो ।
नाफिजका १६ जना सदस्य सहभागी रहेको दुई दिने कार्यक्रममा तीन जना प्रशिक्षकहरूले खोज पत्रकारिताका विषयमा प्रशिक्षण गरेका थिए ।
आइतबार दुई सेसन र सोमबार दुई सेसनमा गरेर चार सेसनमा तालिम प्रदान गरिएको थियो । खोज पत्रकारिताका विषयमा नाफिजका निर्वतमान अध्यक्ष मोदनाथ ढकाल सहित रुद्र पंगेनी र श्रीधर खनालले सहभागीहरूलाई तालिम प्रदान गरेका थिए ।
प्रशिक्षक रुद्र पंगेनीले खोज पत्रकारिता गर्दा ध्यान दिनु पर्ने कुरा, आवश्यक तथ्यांक तथा प्रमाणहरु संकलन गर्ने र शिलशिलेबार रुपमा गर्नु पर्ने कामका विषयमा सहभागीहरूलाई जानकारी दिएका थिए । सहभागीहरुलाई डिजिटल प्लेटफर्ममा कसरी अभ्यस्त हुने र कसरी आवश्यक सुचना तथा जानकारी लिने भन्ने विषयमा समेत जानकारी गराएका थिए ।
प्रशिक्षक श्रीधर खनालले अहिलेको अवस्थामा खोज पत्रकारिता र तथ्यांकको प्रयोगका विषयमा जानकारी दिएका थिए । पत्रकारले आफूलाई परिस्थिति र प्रविधिमा अभ्यस्त गराउन आवश्यक रहेको उनले बताए । यस्तै, मोदनाथ ढकालले तथ्यांकमा टेकेर समाचार खेल्नु पर्ने र त्यसले समाचारलाई बलियो बनाउने बताए । साथै, नजानेको कुरा बुझ्न र सिक्नका लागि पछि नहट्नका लागि उनले आग्रह गरे ।
कार्यक्रममा सहभागि नाफिज सदस्यहरुले तालिमबाट नयाँ कुरा सिक्न पाएकोमा खुसी व्यक्ति गरे । आफूले सिकेका कुरालाई आफू आवद्ध संस्थामा कार्यान्वयन गर्ने उनीहरुको भनाइ थियो ।
नाफिज अध्यक्ष मेनुका कर्कीले यस्ता कार्यक्रमले नाफिजका सदस्यहरुको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने बताइन् । सदस्यहरुको क्षमता अभिवृद्धिनै नाफिजको मुल मन्त्र रहेको उनको भनाइ थियो । सदस्यहरुको सुझाबका आधारमा आगामी दिनमा पनि तालिमका कार्यक्रमहरु गरिने उनले प्रतिवद्धता व्यक्त गरिन् ।













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो