काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । आज सुन तोलाका ७ हजार ९०० रुपैयाँ र चाँदीको मूल्य तोलाको ३०५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलको २ लाख ६२ हजार १०० रुपैयाँमा झरेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ७० हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि ३०५ रुपैयाँले घटेर ४ हजार ५९० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा ४ हजार ८९५ रुपैयाँ रहेको थियो ।