काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिन भारी गिराट आएको सुनको मूल्यमा आज १ हजार १०० रुपैयाँ र चाँदी १२० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ६१ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ६२ हजार १०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य १२० रुपैयाँले घटेर ४ हजार ४७० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ५९० रुपैयाँ रहेको थियो ।