
काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि एक उम्मेदवारले एकै प्रकृतिका दुई वटा बैंक खाता खोल्न सक्ने व्यवस्था गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारका लागि यस्तो व्यवस्था गरेको हो ।
निर्वाचन आयोगको अनुरोधमा बैंक तथा वित्तीय संस्थाले उम्मेदवारको खाता खोल्न सक्ने केन्द्रीय बैंकले जनाएको छ । यस्तो खाता निर्वाचन सम्पन्न भएर निर्वाचन आयोगले निर्णय गरी बन्द गर्न नलगाउँदासम्म सञ्चालन हुनेछ ।
‘बैंक तथा वित्तीय संस्थालाई जारी एकीकृत निर्देशन २०८२ को निर्देशन नम्बर २१ को बुँदा नम्बर ४५ मा रहेको बैंक तथा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिका नाममा स्वदेशी मुद्रामा एउटै प्रकृतिको एकभन्दा बढी खाता खोल्न पाइने छैन भन्ने व्यवस्थामा निर्वाचन आयोगबाट उक्त बैंक खाता बन्द गर्न नलगाउँदासम्म छुट प्रदान गरिएको व्यहोरो अनुरोध छ’ केन्द्रीय बैंकले भनेको छ ।
‘प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरुको सिफारिसमा आमनिर्वाचन अभियान समूह (वा यस्तै मिल्दो अन्य कुनै) का नेपाली मुद्रा (रुपैयाँ पैसा) को आम्दानी खर्च कारोबार गर्नसक्ने गरी प्रत्येक राजनीतिक दल तथा ती दलबाट प्रतिनिधित्व गर्ने उम्मेदवार (समानुपातिक समेत) एवम् स्वतन्त्र उम्मेदवारहरुलाई छुट्टै एउटा (एक मात्र) बैंक खाता खोली सञ्चालन गर्ने व्यवस्था मिलाउनहुन यो सूचना जारी गरिएको छ’ सूचनामा भनिएको छ ।














समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान