
काठमाडौं । पर्यटन क्षेत्रमा कर्जा प्रवाह बढेको छ । मंसिरसममा बैंक तथा वित्त संस्थाहरुले २ खर्ब भन्दा बढी कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यंक अनुसार गत आवको सोही अबधिको तुलनामा ९ प्रतिशतले वृद्धि भएको हो ।
अर्थिक वर्ष २०८२\८३ मंसिरसममा बैंक तथा वित्त संस्थाहरुले २ खर्ब ६२ अर्ब ७९ करोड ७० लाख रुपैयाँ पर्यटन क्षेत्रमा कर्जा गरेको छ । यो रकम गत आवको तुलनामा २१ अर्ब ६८ करोड ८० लाख रुपैयाँले बढी हो । गत आवमा २ खर्ब ४१ अर्ब १० करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकले चालु आवमा २ खर्ब २४ अर्ब ७३करोड ५० लाख उकत कर्जा गरेको छ। गत आवको तुलनामा यो रकम ८.१८ प्रतिशतले अर्थात १७ अर्ब १० लाख रुपैयाँले बढी हो । गत गत आवको सोही अबधिको तुलनामा वाणिज्य बैंकहरुले २ खर्ब ७ अर्ब ७३ करोड ४० लाख रुपैयाँ कर्जा प्रवहा गरेको थियो ।
यता, विकास बैंकको उकत कर्जा गत आवको तुलनामा १७.६९ प्रतिशतले बढेको छ । बैंकहरुले चालु आवमा ३३ अर्ब ४ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आवमा बैंकहरुले २८ अर्ब ७ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
त्यसैगरी वित्त संस्थाको पर्यटन क्षेत्रको कर्जा ५ अर्ब २९ करोड ८० लाख रुपैयाँ पुगेको छ । यो रकम गत आवको तुलनामा ५.५६ प्रतिशत अर्थात २७ करोड ९० लाख कर्जा प्रवाह गरेको छ । गत आवमा संस्थाहरुले ५ अर्ब १ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम