
काठमाडौं । दसौँ निर्यात दिवसका अवसरमा राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा दुईदिने ‘निर्यात मेला’ सुरु भएको छ । नेपाल निर्यात परिषद्को आयोजना, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र नेपाल हस्तकला महासङ्घको सहकार्यमा आजदेखि दुईदिने निर्यात मेला सुरु भएको हो ।
मेलाको उद्घाटन कार्यक्रममा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरद्विक्रम राणाले विश्व बजारमा नेपाली सामान निर्यात गर्ने नेपाल निर्यात परिषद्ले खेलेको भूमिका सराहनीय रहेको बताए । विदेशमा सामान निर्यातका क्रममा देखिएका झन्झटलाई समाधान गर्नका लागि व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले काम गर्दै आइरहेको उनको भनाइ थियो ।
नेपाल हस्तकला महासङ्घका अध्यक्ष रवीन्द्र शाक्यले नेपालमा उत्पादित हस्तकलाका सामानलाई विदेशमा निर्यात गर्न परिषद्सँग महासङ्घले सहकार्य गरिरहेको बताए । निर्यात परिषद्का वरिष्ठ उपाध्यक्ष डा रामशरण थपलियाले विदेशी मुद्रा भित्र्याउने निर्यातजन्य वस्तुमा सरकारले दिइरहेको नगद अनुदान रोकिँदा व्यवसायीहरु मर्कामा परेको बताए । उनले नगद अनुदान रोक्ने सरकारको निर्णय तत्काल सच्याउन मागसमेत गरे ।
मेलामा हस्तकलाका सामान, फेल्ट, धातुका सामग्री, गार्मेन्ट, नेपाली ढाकाका कपडा, उलनका हाते उत्पादनका सामग्रीलगायत २० कक्ष राखिएको परिषद्का महासचिव हरि ढकालले जानकारी दिए । सोमबारसम्म चल्ने मेलामा सामग्री प्रदर्शन, बिक्रीवितरण र विदेशी व्यवसायीसँग छलफल हुनेछ । नेपालबाट आर्थिक वर्ष २०८१÷८२ मा रु दुई खर्ब ७७ अर्ब तीन करोड र चालु आवको चार महिनामा रु ९३ अर्ब ५० करोडको सामान विभिन्न मुलुक निर्यात भएको तथ्याङ्क छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू