
काठमाडौं । हिमालयन बैंक लिमिटेडले पाँच जना संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको कुल ७३ हजार ६९.६६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले सेयरधनी जीत कुमार श्रेष्ठको २० हजार ४८२.०८ कित्ता, महेन्द्र नाथ कर्माचार्यको २० हजार २९७ कित्ता, घनमान बज्रचार्यको १९ हजार ४९२.१३ कित्ता, तुलसी राम नेपालको ७ हजार ४०९.५६ कित्ता, हरि प्रसाद प्रसाईंको ५ हजार २८८.८९ कित्ता र जयन्तकुमार अग्रवालको १०० कित्ता सेयर बिक्रीमा राखेको हो ।
हाल बैंककै विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने गरि आवेदन खुला गरिएको छ । इच्छुक सेयरधनीले आगामी ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित बैंकको कानून विभागमा निवदेन दिनु पर्नेछ । तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट निवेदन नपरेमा सो सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह