
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भई लाभांश लगायतका प्रस्ताव पारितका लागि ११ कम्पनीहरूको साधारणसभा आज पुस २९ गते बस्दैछ । तीमध्ये २ जीवन बीमा कम्पनी, ४ निर्जीवन बीमा कम्पनी, ३ लघुवित्त कम्पनी र २ हाइड्रोपावर कम्पनी रहेका छन् ।
कम्पनीहरूले लाभांश लगायतका विभिन्न प्रस्ताव सहित वार्षिक साधारणसभा बोलाएका हुन् । आज प्रभु महालक्ष्मी लाइफ, रिलायबल नेपाल लाइफ, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, जीवन विकास लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, छिमेक लघुवित्त, अपी पावर कम्पनी र कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको साधारणसभा बस्दैछ ।
कम्पनीहरूको साधारणसभा भिन्नाभिन्नै स्थानमा विभिन्न समयमा शुरू हुनेछ । साधारणसभा प्रयोजनार्थ यी कम्पनीहरूले बूक क्लोज गरिसकेका छन् । तसर्थ बूक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह