
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको ३ लाख ९ हजार ३८२.७२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले वासुदेव घिमिरेको १ लाख ६३ हजार ५६१ कित्ता, नेत्र लाल बनको ७५ हजार ७७२ कित्ता, झविन्द्र भण्डारीको ५१ हजार २०५ कित्ता र राजकुमार थापाको १८ हजार ८४४.७२ कित्ता शेयर बिक्रीमा राखेको हो ।
यीमध्ये राजकुमार थापाको नाममा रहेको १८ हजार ८४४.७२ कित्ताको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम १३० रुपैयाँ तोकिएको छ भने अन्य तीन संस्थापक सेयरधनीको नाममा रहेको सेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ मात्रै तोकिएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार संस्थापक समूहको शेयर खरीद÷बिक्री गर्दा आफ्नै संस्थापकलाई पहिलो प्राथमिकता दिनु पर्ने र यसरी खरीद÷बिक्री गर्दा सो सेयर खरीद/बिक्री हुन नसकेको अवसथामा मात्र अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्न सकिने भएकाले हाल बैंकका संस्थापक शेयरधनीहरूले मात्रै यो शेयर खरीद गर्न सक्नेछन् ।
सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र काठमाडौंको नारायणहिटी पथस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ। तोकिएको म्यादभित्र बैंकका विद्यमान संस्थापक सेयरधनीहरूबाट सो शेयर खरीदका लागि निवेदन प्राप्त नभएमा सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह