
काठमाडौं । एक बल्क एसएमएस सेवा प्रदायकमार्फत ठूलो संख्यामा राजनीतिक सन्देश प्रसारण भएको घटनाप्रति दूरसञ्चार सेवा प्रदायक एनसेलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एनसेलले उक्त अनधिकृत राजनीतिक एसएमएस आफ्नो नेटवर्कमार्फत ग्राहकहरूलाई प्रसारण नभएको स्पष्ट पारेको छ।
घटनाको समीक्षा तथा सम्भावित जोखिमको मूल्याङ्कनपछि, उक्त एसएमएस प्रसारण गर्ने कम्पनीसँग साझेदारी गरेको भ्यालु एडेड सर्भिस कम्पनी आकाश टेकलाई सचेत गराइएको एनसेलले जनाएको छ। एनसेलले दूरसञ्चार सेवाको अनधिकृत तथा राजनीतिक उद्देश्यका लागि हुने दुरुपयोगप्रति शून्य सहनशीलताको नीति अपनाउँदै आएको पनि उल्लेख गरेको छ।
कम्पनीका अनुसार प्रचलित कानून, नियम, नैतिक मापदण्ड तथा ग्राहकको डाटा गोपनीयता उल्लङ्घन गर्ने कुनै पनि सामग्रीका लागि आफ्ना सेवाको प्रयोग कडाइका साथ निषेध गरिएको छ। सूचना सुरक्षा र डाटा गोपनीयताका लागि आईएसओ २७००१ र आईएसओ २७७०१ प्रमाणपत्र प्राप्त गर्ने नेपालकै पहिलो दूरसञ्चार कम्पनीका रूपमा एनसेलले उच्चतम सुरक्षा मापदण्ड कायम गर्दै आएको दाबी गरेको छ।
एनसेलले ग्राहकको व्यक्तिगत डाटा सुरक्षित राख्न प्राविधिक, सञ्चालनगत तथा सम्झौतागत सुरक्षात्मक व्यवस्था लागू गरिएको र कुनै पनि अनधिकृत उद्देश्यका लागि डाटा साझा नगर्ने स्पष्ट पारेको छ।
जिम्मेवार सेवा प्रदायकका रूपमा एनसेलले सधैं प्रचलित कानूनको पालना गर्दै ग्राहक तथा सरोकारवालाको विश्वास कायम राख्दै निरन्तर सेवा प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीको भनाइ छ।













समाचार
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
लेखक तथा फोटोग्राफर भरतबन्धु थापाको फोटो पुस्तक ‘प्याराडाइज बागमती’ सार्वजनिक
प्रधानमन्त्री बालेनले लिए सुनसरी घटनाको विस्तृत ब्रिफिङ
मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन