
काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्काशन गरेको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) को सेयर बाँडफाँड प्रक्रिया सम्पन्न गरेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय नागरिकलाई लक्षित गरी पुस ३ गतेदेखि १७ गतेसम्म आईपीओ आवेदन खुला गरेको थियो।
कम्पनीका अनुसार तोकिएको समयभित्र नियमअनुसार आवेदन दिएका २ हजार ८८३ जना स्थानीय आवेदकलाई माघ २ गते सेयर वितरण गरिएको हो। स्थानीय तहका लागि छुट्याइएको १० लाख कित्ता सेयरको बाँडफाँड यसै चरणमा सम्पन्न भएको कम्पनीले जनाएको छ।
स्थानीय बासिन्दालाई सेयर वितरण गर्नुअघि भुजुङ्ग हाइड्रोपावरले वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिकका लागि छुट्याइएको आईपीओ पनि बाँडफाँड गरिसकेको छ। उक्त समूहका लागि छुट्याइएको १ लाख कित्ता सेयर यसअघि नै वितरण भइसकेको कम्पनी स्रोतले जानकारी दिएको छ।
अब कम्पनीले तेस्रो चरणअन्तर्गत सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशनको तयारी गरेको छ। माघ १२ गतेदेखि सर्वसाधारणका लागि आवेदन खुला गर्ने योजना रहेको छ। नेपाल धितोपत्र बोर्डबाट प्राप्त स्वीकृतिअनुसार कम्पनीले आफ्नो १ अर्ब रुपैयाँ जारी पूँजीको २० प्रतिशत बराबर हुने २० लाख कित्ता सेयर निष्काशन गर्न पाउने अनुमति पाएको छ।
यस अन्तर्गत कर्मचारीका लागि २० हजार कित्ता र सामूहिक लगानी कोषका लागि ५० हजार कित्ता सेयर सुरक्षित राखी बाँकी ८ लाख ३० हजार कित्ता सेयर सर्वसाधारणमा जारी गरिनेछ। सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
आईपीओ आवेदन छिटोमा माघ १५ गतेसम्म खुला रहनेछ भने माग पर्याप्त नआएमा माघ २६ गतेसम्म अवधि थपिने कम्पनीले जनाएको छ। यस आईपीओको बिक्री प्रबन्धकको जिम्मेवारी कुमारी क्यापिटल लिमिटेडले सम्हालेको छ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह