
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाही निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारी दर्ता गराएका छन् । सभापति थापाले आज वारेसमार्फत उम्मेदवारी दर्ता गरेका हुन् । उनको उम्मेदवारीको प्रस्तावकमा उपेन्द्रप्रसाद कुशवाहा र समर्थक रामआश्रय साह बस्नुभएको निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेले जानकारी दिए ।
विगतमा काठमाडौं क्षेत्र नं ४ बाट प्रतिस्पर्धा गर्दै आउनुभएका थापाले यसपटक अन्तिममा सर्लाही निर्वाचन क्षेत्र नं ४ रोजेका हुन् । समयको चापका कारण उम्मेदवार थापा यहाँ उपस्थिति हुन नसकेपछि नेता वीरेन्द्र सिंहले वारेस रहेर उम्मेदवारी दर्ता गरेको नेता निरोज कार्कीले जानकारी दिए ।थापासँगै यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डा अमरेशकुमार सिंह, नेपाली कम्युनिष्ट पार्टीबाट डा रजनिश यादव, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट रामेश्वर राय यादव र नेकपा (एमाले)बाट रविशङ्कर कुशवाहाले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
पर्यटन प्रवर्द्धनका लागि बाँके निकुन्जलाई ‘ब्रान्डिङ’ गरिँदै
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले बुधबार विश्वासको मत लिने
कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै
टेस्ट क्रिकेटमा सबैभन्दा छिटो १०० छक्का प्रहार गर्ने खेलाडी बने ऋषभ पन्त
सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’
संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
मजपोक–ताराखोला सडक स्तोन्नती गर्न पाँच करोड सुनिश्चित
रासायनिक मलको कालोबजारी गरेको आरोपमा मुद्दा
चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार