
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको नाफामा गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा १६.२९ प्रतिशतको गिरावट आएको हो ।
गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ६४ करोड रुपैयाँ खुद नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । खुद ब्याज आम्दानी घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.१३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ११.५४ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको खुद सञ्चालन आम्दानी २.८५ प्रतिशत र सञ्चालन मुनाफा १६.२१ प्रतिशत घटेको छ ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ ३२ पैसा घटेर २७ रुपैयाँ ३५ पैसामा सीमित भएको छ । पुस मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ २११ रुपेयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २३.१० गुणा रहेको छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९१ करोड २५ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी १८ रुपैयाँ १७ पैसा रहेको छ। १० अर्ब ४ करोड २३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ११ अर्ब १४ करोड ३९ लाख रुपैयाँ सञ्चित छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले १ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ६८ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह