
काठमाडौं । यो सता नेपाली बजारमा सुनको मूल्यमा धेरैको वृद्धि र गिरावट देखियो । एकै दिन साढे २० हजारले बढेको सुनको मूल्य एकै दिन नै साढे २० हजार रुपैयाँले घटेको हो ।
विहीबार २० हजार ५०० रुपैयाँले बढेर हालसम्मकै उच्च ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको सुनको मूल्य शुक्रबार सोही दरमा घटेर ३ लाख १८ हजार ८०० रुपैयाँमा झरेको हो । साताको पछिल्लो दुई दिनमा उच्च घटबढ भए पनि समग्रमा साताभरमा १७ हजार ४०० रुपैयाँले मूल्य बढेको हो । माघ ९ गते शुक्रबार ३ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य माघ १६ गते शुक्रबारसम्म आइपुग्दा १७ हजार ४०० रुपैयाँले बढेर ३ लाख १८ हजार ८०० रुपैयाँ पुगेको हो ।
गत माघ ११ गते ३ लाख ३ हजार ८०० रुपैयाँ, माघ १२ मा ३ लाख ९ हजार, माघ १३ गते ३ लाख ९ हजार ३०० र माघ १४ मा ३ लाख १८ हजार ८०० रुपैयाँमा सुनको कारोबार भएको थियो । केही दिनअघि बढेको सुनको मूल्य अचानक शुक्रबार घटेको हो । अब केही दिन सुनको मूल्य घट्ने संकेत देखिएको व्यवसायीहरुले बताएका छन् ।













समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै