
काठमाडौं । साताको सेयर कारोबार हुने दोस्रो दिन मंगलबार सेयर बजार घटेर कारोबार भएको छ । अघिल्लो दिन बढेको बजार आज भने ९.२४ अंकले घटेको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २७७७.१० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १९० कम्पनीको सेयर मूल्य घटेको छ भने ६९ कम्पनीको सेयर मूल्य बढेको छ । आज ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि १.४५ अंकले घटेर ४७४.२९ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य घटेको छ भने २ वटाको बढेको छ । परिसूचक घटेको दिन आज कारोबार पनि घटेको छ । अघिल्लो दिन करिब ६ अर्बको कारोबार भएको बजारमा आज भने ४ अर्ब ८५ करोड माथिको कारोबार भएको छ ।
आज ३४२ कम्पनीका १ करोड १८ लाख ७२ हजार ५०७ कित्ता सेयर ५२ हजार ७५१ पटक खरिद बिक्री हुँदा ४ अर्ब ८५ करोड ४४ लाख ४४ हजार १७० रुपैयाँको कारोबार भएको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह