
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो फागुन ११ गतेका लागि १८ औँ साधारणसभा बोलाएको हो ।
उक्त सभा बारा जिल्लाको सिमरास्थित होटल क्लासिकमा दिउँसो १ बजे सुरु हुने छ । सभाले सञ्चालक समितिबाट प्रस्तावित गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट कम्पनीको चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ५.५२६३ प्रतिशत नगद लाभांश (बोनस र नगदमा लाग्ने कर सहित) वितरणको प्रस्ताव पारित गर्नेछ । उक्त सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहित गत आर्थिक वर्षकै लेखापरीक्षण प्रतिवेदन, असार मसान्तसम्मको वासलात, नाफा/नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण र सो सम्बन्धी संलग्न अनुसूचीहरू उपर छलफल गरी पारित गर्नेछ ।
त्यसैगरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, बोनस सेयर वितरण पश्चातको हदसम्म जारी तथा चुक्ता पुँजी वृद्धि गर्न स्वीकृति दिने, कम्पनीको प्रबन्धपत्रमा समयानुकूल आवश्यकता अनुरूप उद्देश्य थप तथा संशोधन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सो सभाले पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीको सेयर दाखिला खारेज (बूक क्लोज) माघ २९ गते गर्ने कम्पनीले जानकारी दिएको छ । बूक क्लोजको आधारमा माघ २८ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम सेयरधनीहरू मात्रै सो साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।












समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि