
काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा १५२.६८ प्रतिशतले नाफा बढेको हो ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १ करोड १९ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४७ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । आम्दानी बढेसँगै कम्पनीको खुद नाफा पनि बढ्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको आम्दानी ३ करोड ८ लाख रुपैयाँबाट बढेर ३ करोड ५४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन आम्दानी २ करोड ९० लाख रुपैयाँबाट बढेर ३ करोड ४१ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा १ करोड २ लाख रूपैयाँबाट बढेर १ करोड ४९ लाख रूपैयाँ पुगेको छ ।
६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ करोड ३९ लाख रुपैयाँ सञ्चित छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ९७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ ३६ पैसा रहेको छ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व