
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ सात महिना (साउन–माघ)मा आयात र निर्यात दुबै बढेको छ । भन्सार विभाग अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को माघसम्म निर्यात ३२.१९ प्रतिशत र आयात १३.६५ प्रतिशतले वृद्धि भएको छ ।
विभागका अनुसार चालु आवमा ११ खर्ब २३ अर्ब ४८ करोड ६२ लाख रुपैयाँको आयात भएको छ । जुन गत आवको तुलनमा १३.६५ प्रतिशतले बढी हो। गत आवमा ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयँको आयात भएको थियो ।
त्यस्तै,निर्यात ३२.१९ प्रतिशतले बढेको छ । निर्यात १ खर्ब ६८ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा निर्यात १ खर्ब २७ अर्ब २० करोड ४८ लाख रुपैयाँ थियो।
त्यसैगरी, निर्यात बढे पनि व्यापार भने घाटामा रहेको छ । ७ महिनामा व्यापार घाटा ९ खर्ब ५५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा १०.९१ प्रतिशत बढी हो। गत आवमा व्यापार घाटा ८ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ थियो ।
यस अवधिमा आयात–निर्यात अनुपात भने घटेको छ। अघिल्लो वर्ष ७.७७ रहेको आयात–निर्यात अनुपात चालु वर्षमा घटेर ६.६८ मा झरेको छ । कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा ११.४० प्रतिशतबाट बढेर १३.०२ प्रतिशत पुगेको छ भने आयातको हिस्सा ८८.६० प्रतिशतबाट घटेर ८६.९८ प्रतिशतमा सीमित भएको छ।












समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह